गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नं. १ ‘क’ बाट एमालेले पन्थीलाई फेरी चुनाव लडाउन गर्‍यो सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ ‘क’ बाट एमालेले पन्थीलाई फेरी चुनाव लडाउन गर्‍यो सिफारिस

वैखरी अनलाइन, बाणगंगा

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ , प्रदेश सभा निर्वाचन क्षेत्र १ ‘क’ प्रदेश सभा निर्वाचन क्षेत्र १ ‘ख’ को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आज वाणगंगामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , जिल्ला उपाध्यक्ष विश्राम थारु, पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको छ ।

 

त्यस्तै गरि प्रदेश क्षेत्र १ को ‘क’ मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, लेखा आयोग उपाध्यक्ष विष्णु पन्थि ,पाटी जिल्ला अध्यक्ष डम्मर शर्मा , प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

जसमध्य बिष्णु पन्थी हाल पनि कपिलवस्तु १ ‘क’ का सासंद हुन ।

यद्यपि उनले सघंमा चुनाव लडने इच्छा पनि देखाएको कुरा यसअघि सञ्चारमाध्ययममा आई सकेको थियो ।

सम्बन्धित् समाचार