गृहपृष्ठ Featured गिद्ध संरक्षणमा  सवै लाग्नुपर्ने ः सरोकारवाला

गिद्ध संरक्षणमा  सवै लाग्नुपर्ने ः सरोकारवाला

प्रकाशित मिति:

मणि प्रसाद गैह्रे, कपिलवस्तु भाद्र १८

चौधौ अन्तराष्ट्यि गिद्ध संरक्षण सचेतना दिवस विभिन्न जिल्लाहरुमा मनाइएको छ ।

 

प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धहरु नेपालमा लोप हुन लागेपछि अहिले भेटेरिनरी प्राविधिक र पक्षि संरक्षण संघले विभिन्न कार्यक्रमहरु गरि यसको सरक्षणमा लागेका छन् ।

पशु उपचरमा डाइकलोफनेक प्रयोग  बन्द गरौ ,लोप उन्मुख गिद्ध सरक्षणमा सहयोग गरौ भन्ने नाराका साथ कपिलवस्तुमा पनि गिद्ध संरक्षण तथा सचेतना दिवस मनाइको छ ।

 

पशुहरुको उचारमा प्रयोग हुने डाइक्लोफेनक औषधीको प्रयोग वाट उक्त पशुको मासु गिद्धले खाएपछि गिद्धको मुगौलामा असर परि गिद्ध मर्ने हुन्छ ।

यस्तो औषधी सरकारले प्रयोगमा रोक लगाएपनि लुकिछिपी प्रयोग गर्दा यस्तो समस्या पर्ने गरेको नेभ्लाका केन्द्रिय सदस्य नारायण भट्राइले बताए ।

यसका साथै गिद्ध वस्ने सिमलका रुखहरु नहुंनु अग्ला अग्ला रुखहरु नष्ट हुनु, गिद्धको लागि आहारा नहुंनु जस्ता समस्याले गिद्धहरु लोप हुने गरेको अध्ययनले देखाएको छ । नेपाल पाराभेटेरिनरी  एण्ड लाइभस्टक एसोसियसन कपिलवस्तुले राजापानी सामुदायिक वनमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । एसोसियनका जिल्ला अध्यक्ष पम्रेश्वर यादवको अध्यक्षता , उपाध्यक्ष सुदिप भुषालको स्वागत र सचिव जिवन केसीको संचालनमा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकिस्सक दुर्गा खनाल , वाणगगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारी , विज्ञ केन्द्रकी कर्जा सहजकर्ता डा.रेनु यादव, नेल्टाका केन्द्रिय सदस्य भोजराज पाण्ड्य, पुर्व अध्यक्ष मोति पोख्रेल, युवराज घिमिरे, नेल्टाका अध्यक्ष गोपाल सापकोटा , राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी लगायतले गिद्ध संरक्षणको बारेमा वोलका थिए ।

 

विश्वमा २३ प्रजातीका गिद्ध रहेक छन भने नेपालमा ९ प्रजातीका रहेका छन् । राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले वन क्षेत्रमा एक सयको हाराहारीमा गिद्ध रहेकोमा सामुदायिक वनले योजना वनाइ यसको सरक्षणमा लाग्ने बताए ।  त्यसको लागि स्थानीय तह र जिल्लाका ्राविधिक समुह र सरोकारवलाहरुको हयोको अपेक्षा रहेको बताए ।

सम्बन्धित् समाचार