वैखरी अनलाइन, बाणगंगा
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ को बैठकले प्रदेश सभा सदस्यका लागी उम्मेदवारहरु सिफारिस गरेको छ । आज बसेको कपिलवस्तु-१ ‘क’ को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य (प्रत्यक्ष) तर्फका लागी सिफारिस गरेको हो ।
नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि, पुर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका लोकप्रिय नेता डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका पुर्व-मेयर तथा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका निबर्तमान सभापति मगंल प्रसाद थारु, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव प्रभावशाली युवा नेता शक्ति सिहं ठकुरी, बाणगंगा नगरपालिका- ४ का पुर्व वडाध्यक्ष तथा लोकप्रिय नेता गणेश बहादुर क्षेत्री र महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे(गोपाल) लाई सिफारिस गरिएको प्रदेश १ ‘क’ का उप-सभापति कृष्ण प्रसाद पोखरेलले वैखरी अनलाइनलाई जानकारी दिए ।








