गृहपृष्ठ Featured भारतीय सेनाप्रमुख पाण्डे काठमाडौंमा

भारतीय सेनाप्रमुख पाण्डे काठमाडौंमा

प्रकाशित मिति:

भारतीय सेनाप्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे पाँचदिने नेपाल भ्रमणमा आएका हुन्।

पाँचसदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए।

भ्रमणका दौरान पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन्।

उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान हुने विभिन्न सामग्रीहरूको हस्तान्तरण गर्ने लगायतको कार्यतालिका छ।

 

सम्बन्धित् समाचार