कपिलवस्तु ।
नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी ३, प्रदेश सभा निर्वाचन क्षेत्र ३ ‘क’ र ‘ख’ को वैठक चन्द्रौटामा सम्पन्न भएको छ ।
वैठकले मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
वैठकले संघ तर्फ नेकपा एमालेका केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ता र एमाले जिल्ला सचिवालय सदस्य टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ को ‘क’ प्रदेश सभाका लागि प्रदेश सभा सदस्य एवम् एमाले कपिलवस्तुका जिल्ला उपसचिव अर्जुन कुमार केसीको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिए ।