गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र–२ का लागि एमालेबाट गृप्तासहितका नेताको नाम सिफारिस

कपिलवस्तु क्षेत्र–२ का लागि एमालेबाट गृप्तासहितका नेताको नाम सिफारिस

प्रकाशित मिति:

कपिलवस्तु ।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २, प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) र २ (ख) को संयुक्त वैठकले मंसिर ४ मा हुने निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता, विदेश विभाग प्रमुख डा. निर्मल विश्वकर्मा, जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेश क्षेत्र २ को (क) मा गंगेस तिवारी, दिनेश बन्जाडे, नवराज लामिछाने, माबुद खाँ, माथुराम न्यौपाने, शिव गैरे, दिनेश कुमार चौबे, मिनराज बेल्बासे, रुपेश श्रेष्ठ, टिका उपाध्याय, टेकराज पौडेल, धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

 

प्रदेश क्षेत्र २ को (ख) का लागि बाबुराम खनाल, धर्मवहादुर लालश्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको जनाएको छ ।

सम्बन्धित् समाचार