२१ भदौ,तानसेन ।
पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका( १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका-३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।
तानसेन नगरपालिका-४ मा झविन्द्र देवकोटाको घर निर्माणको क्रममा अचानक करेन्ट लागी घाइते अवस्थामा रहेका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।