गृहपृष्ठ Featured सत्यलाई सत्य भन्न सक्नु पर्छः उपाध्याय

सत्यलाई सत्य भन्न सक्नु पर्छः उपाध्याय

प्रकाशित मिति:

ओदारी । जो कोहीले पनि सत्यलाई सत्य भन्न सक्नु पर्ने नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवम् भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको भदौ १० देखि २४ गतेसम्म जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ ले आज ओदारीमा आयोजना गरेको प्रतिनिधिसभा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पार्टीका आन्तरिक छलफलहरु गरी कही कतै कुडिएका मन मिलाउने वातावरण बनाउनु पर्ने र सत्यलाई सत्य भन्न सक्नु पर्ने बताएका हुन् । d dai.jpg

उपाध्यायले निशेधको राजनीति कसैले गर्न नहुने तर्फ इंकित गर्दैे आफ्नै छोरा आशिष शर्मालाई बाणगंगाको वडा नं. १० पटनाबाट कांग्रेसको क्षेत्रीय प्रतिनिधि रोक्न खोजिएको तर्फ इंकित गर्दै त्यस्तो कसैले गर्न नहुने बताए । उपाध्यायले ५ वर्षको मार्ग चित्र सहित गठवन्धन आउनु पर्ने र जस्ले जहाँ जित्छ उसैलाई टिकट दिनुपर्ने र जिताउनु पर्ने सबैको दायित्व भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि चन्द्र बहादुर केसीले ‘काम गरेस भन्ने पार्टी’ कांग्रेस भएको बताउँदै  केसीले कांग्रेसमा फरक मत राख्न पाइने तर घात अन्र्तगात गर्न नहुने बताए । केसीले गठबन्धन अहिलेको वाध्यता र वाध्यताले जन्माएको आवश्यकता भएको जिकिर गर्दैे लाखौ पटक हार खाए पनि हरेश खान्न भन्ने दृढ संकल्प कांग्रेसमा हुनु पर्ने बताए । के.सी.ले कुनै पनि हालतमा चुनाव जित्नु पर्ने तर राजनीति गठबन्धन एकातिर मतको गठबन्धन अर्कोतिर हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा कपिलवस्तु कांग्रेसका पूर्व सभापति राजेश आचार्यले नेताहरुलाई गाली गर्नु भन्दा आफूले कांग्रेसका लागि कति गरे भन्ने कांग्रेसले सोच्नु पर्ने बताउँद स्थानीय तहमा गठबन्धन नहुँदा जिल्लामा हार व्यहोर्नु परेको उल्लेख गर्दै कांग्रेस नेता कार्यकर्ता जनताको दुःख र सुखमा साथ दिनु पर्ने बताए ।

कांग्रेस नेता एवम् पूर्व राज्य मन्त्री कमलेश शर्माले कांग्रेस कमजोर नभएको बताउँदै सवैका भावना विचार कदर गर्ने गरी गठबन्धन हुनुपर्ने बताए । जिल्लाका पूर्व सभापति सुधाकर पाण्डेले गठवन्धन को विकल्प नभएको बताउँदै जसलाई टिकट दिँदा निर्वाचन जितिन्छ उसैलाई दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका प्रदेश सदस्य रुक बहादुर भुसालले कांग्रेसले जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजना ल्याएर काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु विष्णु थापा, दीपक थापा, परमेश्वर पाठक, सर्जु थारु, राजन पाण्डे, कांग्रेस नेतृ शारदा के.सी. लगायतले आ–आफ्ना धारणा एवम् गुनासा राखेका थिए ।

क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति दुर्गा केसीको स्वागत रहेको कार्यक्रममा अध्यक्षता क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको रहेको थियो भने कार्यक्रमको संचालन क्षेत्रीय सचिव कृष्ण चौधरीको रहेको थियो । कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार