गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नम्बर नं.२ मा कांग्रेसको जित सुनिश्चित छ : सभापति श्रेष्ठ

कपिलवस्तु क्षेत्र नम्बर नं.२ मा कांग्रेसको जित सुनिश्चित छ : सभापति श्रेष्ठ

वैखरी अनलाईन, बुद्धभूमि ।

नेपाली कांग्रेस बुद्धभूमिका सभापति केशव कुमार श्रेष्ठले कपिलवस्तु क्षेत्र नम्बर नं.२ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कांग्रेसका उम्मेद्वारले मात्र जनताको भावना र आवश्यकता अनुरुप काम गर्ने बताउँदै सभापति श्रेष्ठले यस्तो दाबी गरेका हुन् । १०९ औ बिपि जयन्तीको अवसरमा बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा पार्टीको वडा नम्बर २ ईकाई कार्यालयद्धारा आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’ बैठक तथा अन्तरिक्रिया कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले कपिलवस्तु १ को लागी कांग्रेसबाट सिफारिस भएका सुरेन्द्रराज आचार्य यस क्षेत्रको विकास र समृद्धिका लागी दिनरात नभनि खटेकाले जनताले जिताउने जिकीर गरे । प्रदेश र संघको अपेक्षित सहयोग नभए पनि आचार्यले जोडबल गरेर विभिन्न कार्यक्रम तथा योजनाहरु यस क्षेत्रमा पार्न सफल भएको स्मरण गरे ।

सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पुर्वएएसपी बिक्रम सिंह थापाले सुशानस बिकास, स्थिरताकालागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।

ईकाई सभापति बालकृष्ण बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष मीन केसी, पार्टीको नगर कमिर्टी अध्यक्ष माधव बेल्बासे, नेता शुभलाल भुसाल लगायतले सबै मतभेद छाडेर कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने माग गरेका थिए ।

सम्बन्धित् समाचार