गृहपृष्ठ Featured नवनिर्मित कार्यालय भवन तथा कृषि/पशु उपज संकलन केन्द्रको उद्घाटन

नवनिर्मित कार्यालय भवन तथा कृषि/पशु उपज संकलन केन्द्रको उद्घाटन

वैखरी अनलाईन,शितगंगा

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा अवस्थित श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको नवनिर्मित कार्यालय भवन तथा कृषि÷पशु उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ । शनिबार प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले एक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गरेकी हुन् ।

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले आफ्नो प्रतिवद्धता सदैव विकाससंग जोडिएका विषयवस्तुमा केन्द्रित रहने बताएकी छिन् ।

उपसभामुख भुसालले सत्य र राम्रा विषयहरुलाई आफुले विकासको एजेण्डा बनाउने प्रतिवद्धता जनाउँदै आएको बताईन् ।
‘विदेशमा रहेका युवालाई स्वदेशमा फर्काउछौ भनेर मुखले मात्र भनेर हुदैन्, सबैले हातमा परिणाम खोजिरहनुभएको छ,’ उनले भनिन्, ‘त्यसका लागी म प्रतिवद्ध छु । मेरो प्रतिवद्धता सधै विकाससंग जोडिएका विषयवस्तुसंग हुन्छ, राम्रा विषयवस्तुमा हुन्छ, सत्य विषयवस्तुमा हुन्छ ।’

यस्तै शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेलले श्री जलजला कृषि तथा पशु विकास महिला सहकारी महिलाहरुको लागी जीविकोपार्जन गर्ने मुख्य आधार भएको बताए । उनले यस सहकारीले नाम जस्तो अहिलेसम्म काम गरेको र आगामी दिन पनि यस्तै उदाहरणीय गर्दै जाने विश्वास व्यक्त गरे ।

मेयर पौडेलले भवन निर्माण गर्नका लागी आर्थिक सहयोग गर्ने लाईफ स्टक बुटवललाई धन्यवाद दिदैं यसले गाउँघरमा पिछडिएका महिलाहरुको स्तरलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नगरबाट सहकारीले पाउनुपर्ने अनुदान रकम पनि छिट्टै प्राप्त हुने जानकारी दिए ।

वडा नम्बर १४ का वडाध्यक्ष दामोदर न्यौपानेले यस सहकारीले महिलाहरुलाई आफ्नो पैसा आफै लगानी गर्न सक्ने वातावरण सिर्जना गरेको बताए । सुरुका दिनहरुमा सहकारी कसरी संचालन गर्न सकिन्छ होला ? भन्ने अन्योल सिर्जना भएको तर अहिले यस सहकारी सोचे भन्दा व्यस्थित भएको बताए ।

यस सहकारीले क्रमश प्रतिफल दिएर उदाहरणीय काम गर्न सफल भएको बताए । उनले सहकारीलाई विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सहकारीका अध्यक्ष सिता लामिछानेको अध्यक्षता, उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यता, मेयर छविलाल पौडेलको विशिष्ट आतिथ्यता, पुर्वमेयर सुर्य प्रसाद अधिकारी, पुर्वउपमेयर टिका रेस्मी, वडाध्यक्ष दामोदर न्यौपाने लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सहकारीकी व्यवस्थापक कृष्ण दर्लामीले गरेकी थिईन् ।

सम्बन्धित् समाचार