वैखरी अनलाईन, बुद्धभूमि ।
जिल्लाको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज सुबेदीलाई विदाई गरिएको छ । नगरपालिकामा एक कार्यक्रम आयोजना गरी प्रमुख प्रशासकिय अधिृकत सुबेदीलाई विदाई गरिएको हो ।
विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर केशवकुमार श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृत सुबेदीले बुद्धभूमिको विकासलाई सहि बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे ।
प्रमुख प्रशासकिय अधिकृत सुबेदीले योजनाबद्ध तरिकाले विभिन्न चरणमा विकासको मोडल तयार पारी परिणाममुखि काम गरेको बताए । उनले आगामी दिनका लागी शुभकामना समेत दिए ।
प्रमुख प्रशासकिय अधिकृत सुबेदीले बुद्धभूमिको विकासमा आफु जोडिन पाएको भन्दै खुशी व्यक्त गरे । उनले आफु जहाँ रहे पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बुद्धभूमि नगरपालिका कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव, प्राविधिक लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।