गृहपृष्ठ Featured कार्लोस अल्कारेजले जिते युएस ओपनको उपाधि

कार्लोस अल्कारेजले जिते युएस ओपनको उपाधि

२७ भदौ, काठमाडौं ।

१९ वर्षीय स्पानिस टेनिस खेलाडी कार्लोस अल्काराजले वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको उपाधि जितेका छन् ।

आइतबार राति न्युरोर्कस्थित फ्लोसिङ मिडोजमा भएको पुरुषतर्फको फाइनलमा अल्कारेजले नर्वेका कास्पर रुडलाई ३(१ सेटमा हराउँदै करियरको पहिलो पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् । अल्कारेजले रुडलाई ६(४,२(६,७(६ ९७(१०,६(३ ले हराए ।

युएस ओपन जितेसँगै अल्कारेज भविष्यको ग्राण्ड्सलाम च्याम्पियन र विश्व नम्बर वान खेलाडीको रुपमा आफूलाई अघि सारेका छन् ।

अल्कारेज सन् २००५ मा स्पेनकै राफायल नाडालले फ्रेन्च ओपन जितेयता ग्राण्ड्सलाम उपाधि जित्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।

अल्कारेजले अब एटिपी वरीयतामा रुसी डानिएल मेदभेदेभलाई पछि पार्दै नम्बर एकमा उक्लनेछन् । उनी एटिपीको ४९ वर्षीय इतिहासमा शीर्ष स्थानमा पुग्ने पहिलो टिनएज खेलाडी हुनेछन् ।

नर्वेका २३ वर्षीय रुडले अल्कारेजलाई पराजित गरेको भए उनी विश्व नम्बर एक बन्ने थिए । तर लगातार दुई मुख्य फाइनलमा पराजित भएपछि उनले त्यो मौका गुमाए ।

सम्बन्धित् समाचार