काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। आजै जबराको बयान सकाउने समितिको तयारी छ।
आजै जबराको बयान सकिने भएपछि महाभियोगबारे छलफल गर्न बिहान समिति बैठक बसेको थियो। समितिले जबराले नाम मुछेका व्यक्तिहरुलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ।
बयानका क्रममा जबराले पूर्वन्यायाधीश,कानुन व्यवसायी, राजनीतिकर्मी,व्यवसायीलगायत व्यक्तिहरुको नाम लिएका थिए।
समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन्। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।
समितिले आइतबार मात्रै जबरासँग २४ वटा प्रश्न सोधेको थियो। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।
न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।