वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ का लागी बलिया उम्मेद्वार मानिएका डोलकराम घिमिरेले आफु चुनावी मैदानबाट पछि नहटने बताएका छन् । केहीले आफु चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने हल्ला चलाएको प्रति आपत्ति जनाउँदै उनले अब चुनावी मैदानबाट पछि नहटने बताएका हुन् ।
यस क्षेत्र विकास र समृद्धिका निम्ति पनि आफु उम्मेद्वार बनेर जित हासिल गर्ने दिशातर्फ आफु अघि बढि रहेको उनले बताए । ‘केहीले म चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने भन्ने चलाएका रहेछन्, यसप्रति मेरो पुर्ण आपत्ति छ,’ उनले भने, ‘अब म चुनावी मैदानबाट पछि हट्दिन । पार्टीले मेरो नाम सिफारिस गरेको छ र माथिबाट पनि मेरो नाम सर्वसम्मत पारित हुनेमा म विश्वस्त छु ।’
यतिबेला उनी राजनितिक भेटघाटमा बेस्त छन् । पार्टीका नेता कार्यकताको सल्लाह सुझाव लिईरहेको र जनताका जनजीविकासंग जोडिएका विषयप्रति आफुले परामर्श गरिरहेको उनले बताए ।








