गृहपृष्ठ Featured पोखरामा नेपाल-भारत मैत्री संघको आठौं मैत्री सभा हुने

पोखरामा नेपाल-भारत मैत्री संघको आठौं मैत्री सभा हुने

प्रकाशित मिति:

पोखरा ।

नेपाल भारत मैत्री संघको आयोजनामा पोखरामा आठौं केन्द्रीय मैत्री सभा हुने भएको छ । बुधबार पत्रकार सम्मेलेन मार्फत नेपाल भारत मैत्री संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झाले असोज १ गते पोखराको सभागृह हलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए । पोखराको पर्यटन विकासका लागि संघले मैत्री सभा पोखरालाई नै छानेको संघका कार्यवाहक अध्यक्ष झाले बताए ।

७० जिल्लामा शाखा विस्तार भएको र १ सय २३ शाखा–उपशाखाबाट सहभागि हुन पोखरा आउने भएकाले पर्यटन प्रवद्धनमा टेवा पुग्ने उद्देश्यले आफूहरुले कार्यक्रम आयोजनाक लागि पोखरालाई छनोट गरिएको केन्द्रीय सचिव अरुण कुमार पाण्डेयले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने संघले जनाएको छ । मैत्री सभामा ३ सय भन्दा बढीको सहभागिता रहने कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब र विभिन्न प्रदेशका मन्त्रीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

सम्बन्धित् समाचार