गृहपृष्ठ Featured श्रीमतीको जन्मदिनमा बाणगंगाका सविनले दिए १० लाखको बीमा पोलिसी उपहार

श्रीमतीको जन्मदिनमा बाणगंगाका सविनले दिए १० लाखको बीमा पोलिसी उपहार

सागर वि.क., वैखरी अनलाईन ।

पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ । आफ्ना प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स, वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्यमा वृद्धि भईरहेको छ ।

त्यस्तै अभिप्रायकका साथ कपिलवस्तुको बाणगंगा- १ निवासी सविन रेस्मीले श्रीमतीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् ।

सविनले श्रीमती रिया रेस्मीलाई १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएर जन्मदिनलाई विशेष पारेका हुन् ।
सविनले श्रीमती रियाको लागी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय जितपुरबाट १० लाख रुपैयाँको अग्रिम भुक्तानी जीवन बिमा योजना खरिद गरेका हुन् ।

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय जितपुरका सिनियर एजेन्सी म्यानेजर समेत रहेका सविनले जन्म दिनलाई विशेष बनाउनुको साथै बीमा पोलिसी उपहार दिदाँ अनावश्यक खर्च कटौती गरी भविष्यमा आईपर्ने अप्ठारालाई व्यवस्थापन गर्न सजिलो हुने बताए ।
जन्मदिनमा अरु चिजहरु उपहार दिनु भन्दा बीमा पोलिसी उपहार दिनु सबैभन्दा उत्तम हुने उनको भनाई छ ।

रेस्मीले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।

जन्मदिनको शुभकामना दिदैं गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय जितपुरका प्रमेख सुसिला कडेलले जन्मदिनमा श्रीमतीलाई उपहार स्वरुप विमा पोलिसी उपहार स्वरुप दिनुभएकोमा रेस्मीलाई बधाई संगसंगै धन्यवाद दिईन् ।

उनले शिक्षित परिवार तर बीमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाउ भेटेको र बीमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै बीमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने उल्लेख गरेका गरिन् ।

सम्बन्धित् समाचार