सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा पहिरो गएपछि बिहानदेखि अवरुद्ध बनेको गोरुसिंगे सन्धिखर्क सडक सुचारु भएको छ ।
नरपानीको घुम्तीनजिकै सडक माथीबाट पहिरो खसेपछि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएकामा अहिले सुचारु भएको वडा अध्यक्ष श्रृधर महत्राले बताए ।
सडक खुलेपछि बिच बाटोमै रोकिएका गाडीहरु आफ्नो गन्तव्यमा जान सुरु गरेका छन् ।









