गृहपृष्ठ Featured कपिलवस्तुका ३ सासंदको ५ बर्ष : जनताले सोचे जस्तो काम गर्न सकेनन्

कपिलवस्तुका ३ सासंदको ५ बर्ष : जनताले सोचे जस्तो काम गर्न सकेनन्

वैखरी अनलाइन, कपिलवस्तु ।

संघिय निर्वाचनपछि कपिलवस्तुका ३ क्षेत्रबाट बिजयी भएका सासंदले सोचे जस्तो काम गर्न नसकेकोमा जिल्लाबासीको गुनासो रहेको पाइएको छ ।

चुनावी प्रचारका दौरानमा बोलेका कुरा पुरा गर्नु त परै जाओस्  सामान्य बिकासमा पनि संघिय सांसदको सक्रियताको अभाव रहेको पाइएको हो ।

कपिलवस्तु- १ का सासंद चक्रपाणी खनाल ‘बलदेव’

माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ ले तत्कालिन नेपाली कांग्रेसका उम्मेदवार दिप कुमार उपाध्यायलाई ९४९ मतले हराएर बिजयी भए ।

बामगठबन्धन हुदा पनि झिनो मतले बिजयी हासिल गरेका बलदेवले प्रभाकारी रुपमा काम गर्न नसकेको आरोप छ । कृषी मन्त्रीको जिम्मेवारी पाउँदा मल ल्याउन नसक्दा उनको देशभर आलोचना भयो ।

उनको ५ बर्षे सांसद कार्यकालमा क्षेत्र नम्बर १ ले सघंबाट तुलनात्मक रुपमा निकै थोरै बजेट ल्याउन मात्र उनले सके ।

प्रचण्डको नजिकका नेताले जितेको खण्डमा यस क्षेत्रमा बजेटको ओइरो लाग्छ भनेर अनुमाग गरेको तत्कालिन माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता अहिले समेत निराश छन ।

यद्यपि उनले ल्याएका फुटकर बजेटका योजनाले न चर्चा पाउन सके न त कार्यकर्ता नै खुशी पार्न सके । साथै यो बिचमा सासंद भएर गएपछि बलदेवलाई नदेखेको भन्ने आवाज पनि ब्यापक रुपमा उठेको छ ।

कपिलवस्तु- २ का सासंद बृजेश कुमार गुप्ता

२०७४ सालको निर्वाचन ताका एमालेको चुनाव चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ बाट चुना लडेका गुप्ताबाट अहिले त्यहाका नागरिक निराश छन । बिकासको काम त परै जाओस मुख समेत देखिएन भन्ने उनलाई ठुलो आरोप छ ।

तत्कालिन नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आर्चायलाई हराएर सासंद बनेका गुप्ताले आफनो क्षेत्रको बिकासमा चासो नै नदेखाएको आरोप उनलाई छ ।

उनलेपनि आफनो क्षेत्रमा केन्द्रिय सरकारबाट बजेट ल्याउन असफल भए । न त आफना कार्यकर्ता खुशी पार्न सके न त आम नागरिकका बिचमा गएर बिकासमा गतिविधिनै गर्न सके ।

यद्यपि उनी एमालेबाट चुनाव लडने निश्चित जस्तै छ । एमालकै भोट पाएर सांसद भएका गुप्ताले एमालेका त्यस क्षेत्रका नेता तथा कार्यकर्तालाई के गरेर फकाउने हुन, त्यो भने हेर्न बाकी छ ।

कपिलवस्तु- ३ का सासंद अभिशेक प्रताप शाह

कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फबाट शाह बिजयी भए । युवा नेताका रुपमा परिचित रहेका शाहले पनि सोचे अनुरुप काम गर्न नसकेको त्यहाका नागरिकको आरोप छ ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट मगंल गुप्तालाई चुनाव हराएर बिजयी भएका शाहले काम गर्न सक्ने नेताका रुपमा क्षेत्र नः ३ का स्थानियले आशा गरेपनि आशा निराशामा परिणत भएको पाइएको छ ।

सघं र प्रदेश सरकारबाट आफनो क्षेत्रको बिकासका लागी बजेट ल्याउन नसकेको उनलाई आरोप छ ।

कपिलवस्तुका ३ क्षेत्रमध्ये सघंबाट सबैभन्दा कम बजेट क्षेत्र नम्बर ३ मा पर्नाले पनि बिकासका गतिविधि न्युन देखिएको हो । शाहले काम गर्न प्रयास गरेको बताइएपनि उनलाई एमालेबाट घेराबन्दी गरेको स्थानिय बताउछन । यद्यपि बिकासका गतिविधि सोचे जस्तो गर्न नसकेतापनि जनताको माझमा भने उनी रहने गरेका थिए ।

जितेको सुरुवाती समयमा कम्युनिष्ट सरकार भएकाले बजेट ल्याउन नसकेका उनले देउवा सरकारआएपछि यस आर्थिक बर्षमा भने करौडौ बजेट ल्याउन सफल भएका छन ।

साथै मंसिर ४ मा हुने निर्वाचनमा सो क्षेत्रबाट फेरी पनि शाहनै जित्ने सम्भावना बलियो रहेको छ । सोचे जस्तो बिकास गर्न नसकेका शाह जनताको हरेक समस्यामा प्रत्यक्ष पुग्ने र समाधानका लागी पहल गर्ने भएका कारण उनी त्यस क्षेत्रमा लोकप्रिय छन ।

सम्बन्धित् समाचार