गृहपृष्ठ Featured ११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले नै गेटमा तालाबन्दी गरिदियो : चोलेन्द्र

११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले नै गेटमा तालाबन्दी गरिदियो : चोलेन्द्र

काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।

संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।

“म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ,” जबराले भने, “तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।”

‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको जानकारी दिए ।

सम्बन्धित् समाचार