वैखरी अनलाईन, बाणगंगा ।
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाह भएको छ । विभिन्न मुद्धामा जेल सजाय भोगिरहेका ६ जनाको राष्ट्रपतिबाट कैद मिनाहा भएको हो ।
कपिलवस्तु कारागारका प्रमुख जेलर मजोज शैनीका अनुसार कैद मिनाह भएका २ जना चोरी, एक जना नेपाली नागरिकता किर्ते, २ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्धामा कैद जीवन बिताइरहेका थिए ।
मुद्धा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा १३ जना कैदीको नाम सिफारिस गरिएकोमा ६ जनाको कैद सजाय मिनाह भएको हो ।
६ जना कैदीको सजाय मिनाह भएसंगै कपिलवस्तु कारागारमा हाल ४ सय ४१ जना कैदीबन्दी रहने छन् ।
सरकारले असोज ३ गते संविधान दिवससहित गणतन्त्र दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पनि कैदीबन्दीको सजाय मिनाहा गरिँदै आएको छ ।









