गृहपृष्ठ Featured बाणगंगामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु

बाणगंगामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको मुख्य व्यापारीक केन्द्रका रुपमा स्थापित हुन लागको बाणगंगामा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ । यहि असोज २ देखि सुरु गर्ने भनिए पनि बर्षाका कारण असोज ३ गते सोमबारबाट सुरु भएको हो । उक्त मेला असोज ७ गतेसम्म चल्ने छ । बाणगंगा- १ स्थित मायादेवी रिसोर्टमा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राण्ड एक्सचेन्ज मेला लागेको हो ।

ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्ने बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले वैखरी अनलाईनलाई जानकारी दिए । ‘विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको छ ।’ सञ्चालक पौडेलले भने ।
माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको उनले दाबी गरे ।

‘हामी यस क्षेत्रका ग्राहकहरुलाई विगत लामो समयदेखि सेवा दिईरहेका छौं । विभिन्न चाडपर्वका अवसरमा ग्राहकलाई लक्षित गरेर विभिन्न कार्यक्रम पनि गर्दै आएका छौ,’ उनले भने, ‘सो क्रममा ग्राण्ड एक्सचेन्ज मेला लगाउन लाएका छौ, जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्नुहुन्छ ।’

उक्त कार्यक्रममा ५० वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने सञ्चालक पौडेलले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमा ग्राहकले आफ्नो सवारी साधनको एक्सचेन्ज गर्दै पुरानो साधनको बजार मुल्याकन भन्दा रु.७००० थप प्रदान गरिने बबाल फाइनान्स स्किम अन्र्तगत न्युनतम २० प्रतिशत डाउनपेमेन्ट तथा मासिक जम्मा रु. ४२७७ मा स्पट फाइनान्स सुबिधा लगायत अन्य धेरै उपहार समेत प्रदान गरिने संचालक मोहन न्यौपानेले बताए ।

टिभिएसले भदौ २० गते देखी नै लागु हुने गरि मुख्य चाड पर्व लक्षीत कायापलट नामको विशेष योजना पनि सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत टिभिएसको कुनै पनि मोडल खरीद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।

खरिद गर्नु अघिनै १ लाख र खरिद पछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोध पुछ गर्न एक जना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ ।

साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने बाणगंगा अटो ट्रेडर्सका अर्का सञ्चालक उमानाथ पौडेलले बताए । हाल टिभिएसका न्युनतम १ लाख ४२ हजार देखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् ।

बणगंगा- १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको पनि पहिलो रोजाईमा पर्दै आएको छ ।

सम्बन्धित् समाचार