गृहपृष्ठ Featured तिलौराकोटको बाटो जीर्ण !

तिलौराकोटको बाटो जीर्ण !

किरणमान बज्राचार्य, कपिलवस्तु ।

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन लगातार १२ वर्षदेखि उत्खनन जारी छ। पर्यटकहरुको आगमन पनि बढेको छ। तर वर्षौ देखि जीर्ण बनेको तिलौराकोट जीर्ण र जर्जर बनेको बाटो निर्माणमा कसैले चासो दिएको छैनन्।

विश्व सम्पदा सुचीमा सुचीकृत गर्न तयारी गरिएको बेला बुद्धस्थल तिलौराकोट वरिपरि रहेको बाटो जीर्ण बनेको छ। बुद्धको क्रिडास्थलको रुपमा मानिएको तिलौराको दरबार प्रदेश गर्ने गेटदेखि कपिलवस्तु संग्राहलयसम्मको बाटो फुटेर कच्ची बनेको छ।

यस्तै त्यही गेटबाट दक्षिण हुँदै धमनिया र कन्थक स्तुपसम्म पुग्ने पक्कीबाटो कच्चीमा परिणत भएको छ। तिलौराकोटदेखि संग्रहालयसम्मको लम्बाई ढाई सय मिटर छ। त्यस मध्ये आधा पक्की र आधा पिसिसि बनाइएको छ। पिसिसि फुटेर कच्ची बनेको छ।

पिसिसि बाटो पर्यटन बोर्डको सहयोगमा निर्माण गरिएको थियो। सडक निम्न गुणस्तर बनाइएको र त्यसमा पनि नदीजन्य पदार्थ ढुवानीका लागि ट्याक्टर टिप्परका कारण बिग्रीएको तिलौराकोटसंगै सटेको शिवगढबासी बताउँछन।

तिलौराकोट अवलोन गर्न पुगेको सातिहत्यकार हरिराज शर्माले तिलौरकोटको बाटो देखेर आफु निकै दुःखी भएको बताए। ‘तिलौरोकाटको बाटो गाडी हिड्नै नसक्ने गरी ध्वस्त बनेका छन यस्तोमा बिदेशबाट आउने पर्यटककाहरु के सोचेर फर्किन्छन होला’ उनले प्रश्न गरे। तिलौरकोट प्रवेश गर्न दुर्ई मार्ग छन। एउटा रिसोइन शान्ति बिहारको सय मिटर दक्षिणमा रहेको बाटो अर्को कपिलस्तु संग्रहालय तिरबाट। दुबै तिरको बाटो जीर्ण रहेको शर्मा बताउँछन।

आन्तररिक बाह्रय पर्यटक गरी दिनहु सयौ जना तिलौराकोटको अवलोकन गर्न आउछन तर बाटोको अवस्था देखेर निराश बनेर फर्कने गरेका छन। पर्यटकलाई त्यस क्षेत्रको अवलोकन भ्रमण गर्न गाह्रो परेको पर्यटकहरुको गुनासो छ। बाटो ध्वस्त हुदा जोडीस्तरपमा जाने पर्यटकलाई समेत सास्ती हुने गरेको छ।

बाटो निकै खराब हुँदा आफुहरुलाई निकै सास्ती भएको काठमाडौंबाट आएका दिपेन्द्र्र बज्राचार्यले गुनासो गरे। बुद्धस्थल भनेर आफुहरु नेपालका विभिन्न बुद्धस्थलमा आउने क्रममा तिलौराकोट र जोडीस्तुप पुग्ने बाटोको अवस्था देखेर निकै दुखी भएको बता । बिगत १० वर्षदेखि पुरातत्व बिभाग र बेलयातको दुर्हम विश्व बिद्यालयको टोलीले तिलौरकोटमा उत्खनन गरेको छ। कोरोनाकाल पछि तिलौराकोटमा पर्यटकको संख्या निरन्तर बृद्धि भएको छ। तर तिलौराकोट र धमनिया स्तुपाको बाटो देखेर दुःखी हुदै फर्कने गरेका छन।

जीर्ण बाटो र धुलोले गर्दा कैयो धेरै पर्यटकहरु धमनिया स्तुप नगई फर्कने गरेको तिलौराकोटमा रहेको लुम्बिनी विकास कोषका सुरक्षा गार्ड नै बताउँछन। जीर्ण बाटो निर्माणमा भने चासो नदिएको स्थानीय प्रकाश घिमिरे बताउँछन। ‘जीर्ण बनेको तिलौराकोट वरिपरि रहेको बाटो निर्माणमा कोष र स्थानीय निकाय दुबैले चासो दिएको छैन’ घिमिरले भने ‘यसले बिदेशबाट आउने पर्यटक माझ नराम्रो संदेश गएको छ’। लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले लुम्बिनी विकास कोषले जीर्ण बाटो बनाउन चाहे पछि पुरातत्व बिभागले पुराताबित्वक क्षेत्रमा कुनै पनि स्थायी संरचना बनाउनमा रोक लगाएको बताए। ‘ कोषले जीर्ण बाटो बनाउन तयार छ तर पुरात्व बिभागले इजाजत नदिदा हामीले केही नर्ग सकेका छैनौ’ उनले भने।

उता पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले बुद्धको क्रिडास्थल महत्वपुर्ण पुरातात्विक क्षेत्र भएको र सरकारले समेत संरक्षित क्षेत्र घोषणा गरेकाले त्यहा कुनै स्थायी संरचना बनाउन नपाइने बताए। उनले स्थायी संरचना बउदा सुरक्षा खाडल लागायतका पुरातात्विक बस्तुहरु नाश हुने भएकाले त्यहा कुनै पनि स्थायी संरचना बनाउन नपाइने बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तिलौराकोट क्षेत्रको जीर्ण बाटो बनाउनलाई स्विकृति दिए नगरपालिका कै बजेटले बनाउने बताए। तिलौरकोट बुद्धको क्रिडा स्थल हो। तिलौराकोट क्षेत्रलाई युनेस्कोमा दर्ता गराउन १० वर्षदेखि उत्खनन जारी छ।

सम्बन्धित् समाचार