कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार बिहान मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।








