गृहपृष्ठ Featured रुकुम पश्चिमको बाँफिकोटमा कक्षाकोठा र डेस्क बेन्च अभावले चौरमै परीक्षा !

रुकुम पश्चिमको बाँफिकोटमा कक्षाकोठा र डेस्क बेन्च अभावले चौरमै परीक्षा !

प्रकाशित मिति:

६ असोज, काठमाडौं ।

अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् ।

यस्तैमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१ पालाकोटको जनएकता माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर परीक्षा दिइरहेका छन् । पर्याप्त कक्षाकोठा र डेस्क बेन्च नहुँदा आलोपालो गरेर पठन पाठन हुने गरेकामा परीक्षामा भने चौरमा सञ्चालन गरिएको हो ।

परीक्षाको समयमा दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने हुँदा अभाव भएकोले चौरमा चलाउनुपरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीले बताए ।

उनी भन्छन्, ‘हाम्रो गाउँपालिकाका विद्यालयहरुमा पर्याप्त भौतिक पूर्वाधार बनिसकेको छैन । त्यसैले सिट प्लान गर्न कोठामा भ्याइएन होला बाहिर बसालेका होलान् ।’ गाउँपालिकाको चन्द्रज्योति मावि, बालकल्याण मावि, सिद्धार्थ माविमा पनि परीक्षाको समयमा कक्षाकोठाको अभाव हुने उनले बताए ।

यीमध्ये केही विद्यालयमा यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केहीमा भवन निर्माणको बजेट परेको शिक्षा शाखा प्रमुख केसीले जानकारी दिए ।

सम्बन्धित् समाचार