वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ मा बृहत सरसफाई अभियान सुरु कार्यक्रम गरिएको छ । झुँगा टोल विकास समिति र कुलापानी समितिको संयुक्त आयोजनामा सरसफाई अभियान सुरु गरिएको हो । सडक, परिक्षालय, कुलो लगायतका सार्वजनिक स्थलहरु सरसफाई गरिएको हो ।
वडाध्यक्ष छविरेस्मी मगरले वातावरण स्वच्छताले मात्र मानव जातिको रक्षा हुने भएकाले यस्ता कार्यक्रमको आयोजनाले वातावरण प्रदुषणलाई न्युनीकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हराभरा वडा बनाउन वडाभित्रका संरचनाको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले वातारणीय सरसफाईलाई वडाले विशेष जोड दिएको बताए । सुन्दर वडा निर्माणका लागी आफु प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्ष रेस्मीले यसका लागी आगामी दिनमा थप कार्यक्रम गरिने प्रतिवद्धता जनाएका छन् ।
वडाध्यक्ष रेस्मीको नेतृत्वमा भएको उक्त सरसफाई कार्यक्रममा झुँगा टोल विकास समितिका अध्यक्षसहितका पदाधिकारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।