गृहपृष्ठ खबर यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति:

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित् समाचार