कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका- १ मा पिकअप बलेरो र मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा मोटरसाईकल चालक करिब ४५ बर्षीय चन्द्रमणि ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शनिबार विहान पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१-०२५ च ९२४४ नम्बरको वलेरो र विपरित दिशाबाट आइरहेको लु। ५७ प ५८०३ नम्बरको मोटरसाईकल ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
बलेरोसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









