वैखरी अनलाइन, शितगंगा ।
शितगंगा नगरपालिकाले बिक्रम पावरामा चेक ड्याम बनाउने योजना अगाडी सारेका छ । नगरपालिकाको आन्तरीक राजश्व बढाउनका लागी नगरपालिकाले बिक्रम पावरा क्षेत्र पर्ने गरी चेक ड्याम बनाउने योजना अघि सारेको हो ।
सो क्षेत्रमा चेक ड््याम बनेको खण्डमा सो क्षेत्रबाट बगेर आउने नदीजन्य पदार्थ सो क्षेत्रमै बढि मात्रामा रहने छ ।
शितगंगा नगरपालिका वडा नः १४ द्धारा आयोजित गत आर्थिक बर्षको बजेट समिक्षा तथा यस आर्थिक बर्षको बजेट सार्वजनिकिकरण कार्यक्रममा बोल्ने वक्ताले बिक्रम पावरा हुदै बग्ने बाणगंगा नदीमा चेक ड्याम बनाउनु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले चेक ड्याम नहुदा नदीजन्य पदार्थ बाणगंगा नदीले बगाएर कपिलवस्तु पु¥याउने गरेको बताउदै यसलाई केही मात्रामा रोक्न सके नदीजन्य पदार्थबाट शितगंगाको राजश्व करौडौ बढ्न सक्ने बताए ।
चेक ड्याम नहुदा बढि मात्रामा नदीजन्य पदार्थ बगाएर कपिलवस्तु लैजाने गरेको उनको भनाई छ ।
जसका लागी आवश्यक काम तथा प्रक्रियाका लागी सबै एकजुट भएर लाग्नु पर्ने बताए । त्यस्तै नगरपालिकाका पुर्व उप प्रमुख टिका रेश्मीले बाणगंगा नदीबाट आउने राजश्वको फाइदा शितंगगाले लिन नसकेको बताउदै चेक ड्याम निमार्णका लागी नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने बताए ।
बाणगंगा नदीबाट शितगंगाले १ करोड पनि राजश्व उठाउन नसक्ने तर कपिलवस्तुमा रहेका पालिकाले भने करिव १० करोडसम्म राजश्व उठाउने गरेका छन ।
त्यसका लागी कपिलवस्तुको बाणगंगा र शितगंगाको सिमाभन्दा केही माथी चेक ड्याम बनाएमा शितगंगा नगरपालिकाले बाणगंगा नदीबाट १० करोडसम्म बार्षिक राजश्व उठाउन सक्ने बताए ।