गृहपृष्ठ Featured लायन्स क्लव अफ कपिलवस्तुले असोज १५ गते ‘साईकल प्लाङ्क व्यालेन्स’ प्रतियोगिता गर्दै

लायन्स क्लव अफ कपिलवस्तुले असोज १५ गते ‘साईकल प्लाङ्क व्यालेन्स’ प्रतियोगिता गर्दै

सागर वि.क.,वैखरी अनलाईन ।

लायन्स क्लव अफ कपिलवस्तुले यही असोज १५ गते ‘साईकल प्लाङ्क व्यालेन्स’ प्रतियोगिता गर्ने भएको छ । शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रतियोगिता असोज १५ गते गर्ने जानकारी गराईएको हो । ‘साईकल प्लाङ्क व्यालेन्स’ प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले दाबी समेत गरेको छ ।

क्लवका अध्यक्ष राम सुभागे थारुले बाणगंगा- २ मा रहेको राजापनी स्थित पोखरीमा प्रतियोगिता संचालन गरिने जानकारी दिए । प्रतियोगिताले सबैलाई मनोरञ्जन प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

लायन्स क्लव अफ कपिलवस्तुले विगत ५/६ बर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आईरहेको बताउँदै अध्यक्ष थारुले सो क्रममा नविनतम सोच अनुरुप नै यस प्रतियोगिता गर्न लागेको बताए ।

उनले कपिलवस्तु जिल्लालाई स्वदेश तथा विदेशमा चिनाउनका लागी पनि यस प्रतियोगिता महत्वपूर्ण सावित हुने दाबी गरे । प्रतियोगितामा प्रतियोगी हुन एक हजार ५ सय रुपैयाँ दर्ता शुल्क राखिएको छ भने सोहीमा टिसर्ट, नास्ता र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ । दर्ता गर्ने समय यही असोज १२ गते साँझसम्म तोकेको छ ।

आयोजकका अनुसार प्रतियोगिता सम्पुर्ण सुरक्षाका मापदण्ड पुरा गरि सरोकारवाल सबै निकायसंग समन्वय गरि संचालन गरिने छ ।

प्रतियोगितामा जिल्ला बाहिर र जिल्ला भित्रका १२ बर्षमाथिका जटिल रोग नभएकाहरु प्रतियोगि बन्न सक्ने छन् । ५२ मिटर लम्बाई र ९ ईन्च चौडाईको एउटा ट्रयाक निर्माण गरिने छ र सोही ट्रयाकमाथि प्रतियोगीले साईकल चलाउनुपर्ने छ । साईकल प्रतियोगी स्वयम्ले लिएर जान सक्ने छन् भने साईकल नभएको खण्डमा आयोजकले पनि प्रबन्ध मिलाउने जनाईएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु.५० हजार, दोस्रो हुनेले रु.२५ हजार र तेस्रो हुनेले रु.१५ हजार र सान्तवना हुनेले स्मार्ट वाच प्राप्त गर्ने छन् । सुन्दा अनौठो लाग्ने भए पनि प्रतियोगिता निकै रोचक हुने र अवलोकनका लागी करिब १० हजार दर्शक उपस्थित हुने आयोजकको अपेक्षा छ ।

प्रतियोगितामा संयोजकको जिम्मेवारी विष्णु प्रसाद घिमिरेले निर्वाह गरेका छन् ।

लायन्सको भदौ २१ गते बसेको बैठकले ‘साइकल प्लान व्यालेन्स’ प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुसहित अन्य पदाधिकारीहरु सुरेन्द्र घिमिरे, विष्णुप्रसाद घिमिरे, राम प्रसाद भुसाल, गोविन्द पौडेल, विष्णु गैरे, विकास न्यौपाने, रेशम मरासिनीको उपस्थिति रहेको थियो ।

फारम भर्न यो लिंक खोल्नुहोस् :

https://forms.gle/nBDzKxCN3SCwsw4C6

 

सम्बन्धित् समाचार