गृहपृष्ठ Featured बुटवल-नारायणगढ सडक दसैंअघि मर्मत नहुने

बुटवल-नारायणगढ सडक दसैंअघि मर्मत नहुने

आश्विन ९,  परासी ।

सम्झौताअनुसार काम भएको भए अहिले ६ लेनको बुटवल–नारायणगढ सडक बनिसकेको हुने थियो । तर, ठेकेदार कम्पनीको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म कालोपत्र त टाढैको कुरा, खाल्टाखुल्टी पर्ने काम पनि हुन सकेको छैन । वर्षौंदेखि यात्रुले कष्टपूर्ण यात्रा गरिरहेका छन् ।

अघिल्लो वर्ष ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले चाडपर्वलाई लक्षित गरेर दाउन्ने सडक खण्डको चार किलोमिटर कालोपत्र र अन्य स्थानमा सामान्य मर्मत गरेको थियो । तर, यस वर्ष सम्झौताको म्याद सकिएको र थप भएको एक वर्षको काम दसैंपछि मात्र सुरु गर्ने भएको छ ।

रामग्राम नगरपालिका–५ परासीका नवराज पौडेल गैंडाकोटमा होटल व्यवसाय गर्छन् । कामको सिलसिलामा उनलाई परासी आउजाउ गरिरहनुपर्छ ।

तर, सडकको अवस्था र यात्रा गर्दा भोग्नुपर्ने कष्टका कारण यात्रा गर्न मन लाग्दैन । यात्रा गर्नु नै पर्‍यो भने पनि आफ्नो निजी सवारीसाधन प्रयोग गर्दैनन् ।

सडकको खाडल र धूलोले गर्दा सवारी चलाउन निकै असहज हुने उनको भोगाइ छ । ‘यति ठूलो आयोजनाको काम कछुवाको गतिमा छ । यात्रुले पाएको सास्ती कसले सुनिदिने ?,’ उनले भने, ‘दुईपटकसम्म रातभरि दाउन्नेको जंगलमा रोकिनुपरेको दिन सम्झँदा पनि दिक्क लागेर आउँछ ।’ काम छिटो गराउन जनताले आन्दोलन गर्दासमेत सरकारले ठेकेदार कम्पनीलाई दबाब दिन नसक्दा अहिलेको स्थिति आएको उनले बताए ।

सम्बन्धित् समाचार