कपिलवस्तु ।
कपिलवस्तुमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। करिब ४० वर्षको पुरुष मृत अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।
जिल्लाको शिवराज नगरपालिका- ५ चन्द्रौटास्थित चन्द्रौटा पार्क नजिकै बुधवार दिउसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए।
उक्त पुरुषको पहिचानको लागि विभिन्न ठाउँमा जानकारी दिएको र घटनाको अनुसन्धान भइरहेको शाहीले बताए।