गृहपृष्ठ Featured युक्रेनका थप चार क्षेत्रमा रुसको कब्जा

युक्रेनका थप चार क्षेत्रमा रुसको कब्जा

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनका थप चार क्षेत्रलाई औपचारिक रूपमा रुसमा विलय बनाउने घोषणा गरेको छ। रुसले कब्जा गर्दै आएका ती क्षेत्रलाई औपचारिक रूपमा आफ्नो भूगोलमा गाभ्ने निर्णय गरेको हो।

पश्चिमा राष्ट्रहरूले रुसको कदमको निन्दा गरेपछि शुक्रबार नै हस्ताक्षर समारोहको आयोजना गरी ती क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ को रूपमा घोषणा गर्ने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसले युक्रेनका पूर्वी लुहान्स्क र डोनेट्स्क र दक्षिणका जापोरिज्जिया र खेरसान क्षेत्रमा जनमतसंग्रह गरेको गरेर विलय गराउन लागेकाे रुसले दाबी गरेको छ।

‘भोलि ग्रान्ड क्रेमलिन प्यालेसको सेन्ट जर्ज हलमा नयाँ क्षेत्रहरूलाई रूसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गरिनेछ,’ प्रवक्ता दिमित्री पेस्कोभले भने।

रुसी राष्ट्रपति पुटिनले शुक्रबार क्रेमलिनमा सम्बोधन गर्ने कार्यक्रम छ। जसका लागि मस्कोको रेड स्क्वायरमा पहिले नै एउटा मञ्च स्थापना गरिएको छ, बिलबोर्डहरूले चार क्षेत्रहरूलाई रूसको हिस्साको रूपमा घोषणा गरेको बिबिसीले जनाएको छ।

पूर्वबाट दुई रुसी समर्थित पृथकतावादी नेताहरूले पनि भाग लिने अपेक्षा गरिएको छ। रुसी राष्ट्रपतिले आफ्नो ७०औँ जन्मदिनको तीन दिनअघि अक्टोबर ४ मा संसद्को माथिल्लो सदनलाई समेत यस विषयमा छुट्टै सम्बोधन गर्ने कार्यक्रम छ।

रुसको पछिल्लो कमदको अन्तर्राष्ट्रिय समुदायले कडा शब्दमा विरोध गर्दै उक्त जनमतसंग्रहलाई अस्वीकार गरेका छन्। उनीहरूले रुसमाथि लगाउँदै आएको प्रतिबन्ध थप कडा पार्दै लैजाने संकेत गरेका छन्।

सम्बन्धित् समाचार