वैखरी अनलाइन , बाणगंगा
मंसिर ४ गते हुने सघं तथा प्रदेशको चुनाव नजिकिएसगै चुनावी माहोल तात्न थालेको छ । चिया पसलका गफदेखि सामाजिक सञ्जालका पोस्ट समेत चुनावी कुराले भरिभराउ छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सक्रिय पत्रकारको आयोजनामा भएको शुधकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सम्भावित उम्मेदारले आज केही कुरा खोलेका छन ।
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ (क) बाट सम्भावित २ बलिया उम्मेदारको भनाईले चर्चा पाएको छ । बाणगंगा नगरपालिकाका पुर्व मेयर मंगल प्रसाद थारु र कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले एकताको सन्देश दिएका हुन । कांग्रेसमा अन्तरघात हुने सम्भावनालाई चिर्दै दुवै नेताले आफनो भनाई मार्फत एकताको सन्देश दिएका हुन ।
कपिलस्तु उद्योग बाणिज्य सघंको सभाहलमा भएको कार्यक्रममा बोल्दै पुर्व मेयर मंगल प्रसाद थारु र डोलकराम घिमिरेले टिकट पाए आफुले जित्ने दावि गर्दै कुनै कारण टिकट नपाए कांग्रेसबाट टिकट पाउने आधिकारिक उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन ।
सो अवसरमा बोल्दै मंगल प्रसाद थारुले आफनो कार्यकालमा बाणगंगामा धेरै काम भएको बताउदै कृषी, पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफुले इमान्दारीताका साथ काम गरेको बताए । उनले “काम धेरै गरे, तर हल्ला गर्दै हिडिन” बताए ।
त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले ब्यसायीको हकहितका क्षेत्रमा काम गर्ने बताउदै क्षेत्रलाई बिकासको मुलधारमा ल्याउने बताए । २०४६ सालदेखि आफु कुनै पनि लाभको पदमा नरहेको बताउदैँ उनले जनताको हरेक समस्यामा आफु पुग्ने गरेको बताए ।
सो कार्यक्रममा कपिलवस्तु क्षेत्र नः १ का गठबन्धनका सम्भावित उम्मेदवार चक्रपाणी खनालले थारु र घिमिरेको कुरा निकै ध्यान दिएर सुनेका थिए ।
यद्यपि थारु र घिमिरेले गठबन्धनको तर्फबाट टिकट ल्याए खुलेर प्रचारमा समेत लाग्ने बताए ।
चियापान कार्यक्रममा एकिकृत समाजवादीका दिपक पन्थी, कमल भट्टराई, राप्रपाका माधव पन्थी, माओवादी केन्द्रका टेकेन्द्र क्षेत्री, नेपाल ट्रक यातायात ब्यवसायी समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद न्यौपाने, कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम सुबागे चौधरी लगायतको समेत सहभागिता रहेको थियो ।