काठमाडौँ ।
प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल गर्न पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार सत्तारुढ गठबन्धनको बैठक बुधबार पाँच बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।
पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल हुने र त्यसलाई अन्तिम रुप दिने तयारी भएको बताइएको छ ।








