गृहपृष्ठ Featured पहिरोले तानसेन–रिडी–तम्घास सडकखण्ड अवरुद्ध

पहिरोले तानसेन–रिडी–तम्घास सडकखण्ड अवरुद्ध

प्रकाशित मिति:

तीन दिनदेखिको अवरिल वर्षाका कारण तानसेन–रिडी–तम्घास सडकखण्डको जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध बनेको छ । पाल्पाको रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडो खसेपछि सडक अवरुद्ध बनेको हो । सडकमा खसेको पहिरो हटाउन सडक डिभिजनको डोजर ल्याउने काम भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा, बुटवलका यात्रु अलपत्र बनेका छन् ।

सम्बन्धित् समाचार