गृहपृष्ठ Featured दाङमा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

दाङमा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

दाङ ।

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खोलाले बगाएर दाङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने खोलाले बगाएर बेपत्ता भएका छन् ।

खोलाले बगाएर तुलसीपुर उपमहानगरपालिका १५ का ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा बुधबार खैरेनी खोलाले बगाउँदा बेपत्ता भएका डाँगी बिहीबार मृत फेला परेका हुन् ।

यसैगरी, गुर्जे खोलाले बगाउँदा घोराही उपमहानगरपालिका १० निवासी ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएका छन् ।

गुर्जे खोला तर्ने क्रममा बुधबार बेपत्ता भएका चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

सम्बन्धित् समाचार