नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।
कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ ।
कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।
कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार केसि र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।








