काठमाडौँ ।
नेकपा एमालेले पूर्वउपमहासचिव घनश्याम भुसाललाई पनि प्रतिनिधिसभाको उम्मेदवार नबनाउने निश्चित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका भुसालले अघिल्लो पटक जितेको रुपन्देही ३ एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ ।
पूर्वउपाध्यक्ष भीम रावललाई पनि एमालेले टिकट दिएन ।
शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुवै पार्टीबीच भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको स्रोतले जनाएको छ ।