वैखरी अनलाइन , बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ७ मोतिपुरका लोकप्रिय नेता नेत्र गिरिले स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।
यही मंसिर ४ गते हुने सघं तथा प्रदेश सभा सदस्यको निर्वाचनमा गिरिले स्वतन्त्र उम्मेदारी दिन लागेका हुन । उनी कपिलवस्तु क्षेत्र ः १ मा चुनाव लड्न लागेका हुन ।
उनले यसरी स्वतन्त्र उम्मेदवारी दिदा सबै भन्दा बढि असर एमाले पार्टीलाई हुने बुझिएको छ । उनलाई गत बैशाख ३० गते एमालेको आधीकारिक उम्मेदवार बिरुद्ध उठेको भन्दै पार्टीले कारबाही गरेको थियो ।
उनले ३ दशक भन्दा लामो समयसम्म एमाले संगठन बिस्तार र सामाजिक सेवामा मोतिपुर क्षेत्रमा नेतृत्वदायी भुमिका खेलेका थिए ।
गिरि यस क्षेत्रका प्रभावशाली र निडर नेताका रुपमा परिचित छन ।
कम्युनिष्ट पार्टीमा बिकृति, बिचलन र भष्ट्रचार मौलाएकौ भन्दै आफुले उम्मेदारी दिन लागेको उनले वैखरी अनलाइनलाई बताए ।








