दाङ ।
दाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
दङ्गीशरण गाउँपालिका- ४ बैबाङका ४० वर्षीय शेखर चौधरीको कुटपिटबाट त्यही ठाउँका ४१ वर्षीय वरन्तु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शेखरको फरुवा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बाँकेको कोहलपुरमा ज्यान गएको हो ।
चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।