गृहपृष्ठ Featured कांग्रेसबाट कपिलवस्तु– १ ‘क’ मा घिमिरेले पाए टिकट

कांग्रेसबाट कपिलवस्तु– १ ‘क’ मा घिमिरेले पाए टिकट

वैखरी अनलाइन, बाणगंगा ।

नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा  लोकप्रिय नेता डोलकराम घिमिरेले टिकट पाएका छन् ।  गठबन्धनको भागबण्डामा कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ कांग्रेसको भागमा परेपछि कांग्रेसले घिमिरेले टिकट दिएर चुनाव लडाउने निर्णय गरेको हो ।

घिमिरे बि.स. २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनिति र सक्रिय सामाजिक सेवामा निरन्तर लागी रहेका छन् । उनी हाल कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका छन भने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन ।

टिकट पाएसगैँ वैखरी अनलाइनसगं कुराकानी गर्दै घिमिरेले कपिलवस्तु क्षेत्र नम्बर १ र दुवै प्रदेश क्षेत्रमा गठबन्धन बिजयी हुने बताए । पार्टीभित्र कुनै अन्तरघात नहुने उनले जिकिर समेत गरेका छन् ।

सम्बन्धित् समाचार