वैखरी अनलाइन, तौलिहवा ।
कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ मा नेकपा एमाले लोकप्रिय नेता रुपेश श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
टिकट बितरणमा असन्तुष्टी जनाउदै उनले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ । उनी त्यसका क्षेत्रका लोकप्रिय तथा प्रभावशाली नेताका रुपमा परिचित छन ।
कपिलवस्तु क्षेत्र नः २ मा श्रेष्ठसगैँ ठुलो संख्यामा असन्तुष्टी पक्षधरका नेताहरु रहेका छन । उनको उम्मेदवारीले हालै एमाले प्रवेश गरेर टिकट समेत पाएका बृजेश कुमार गुप्तालाई ठुलो असर पर्ने छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा आधीकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै बुद्धभुमी नगपालिकाका एमाले प्रभावशाली नेताहरु कारबाहीको सिफारिसमा पनि परेकाले गुप्ताले चुनाव जित्न गाह्रो हुने देखिएको हो ।
कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा ११ जना, प्रदेश २ (क) मा १३ जना र प्रदेश २(ख)मा ११ जनाले उम्मेदवारी दिएका छन ।








