गृहपृष्ठ Featured भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

समाजवादी पार्टीका संस्थापक तथा भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उनको निधन भएको हो ।

यादव गत २ अक्टोबरदेखि उक्त अस्पतालमा उपचाररत थिए । आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो ।

उत्तर प्रदेशलाई ट्र्याक गर्ने धेरै राजनीतिक विश्लेषकहरूले कुस्ती चालमा पोख्त भएकै कारण राजनीतिक पृष्ठभूमि नभए पनि राजनीतिको अखाडामा उनी उस्तै सफल भएको बताएका बीबीसी हिन्दीले लेखेको छ ।

मुलायम सिंहको प्रतिभा पहिलो पटक प्रजा समाजवादी पार्टीका नेता नाथु सिंहले पहिचान गरेका थिए। जसले उनलाई १९६७ को चुनावमा जसवंतनगर विधानसभा सिटको लागि टिकट दिए।

त्यसबेला उनी २८ वर्षका थिए र राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बनेका थिए । विधायक बनेपछि उनले एमएको पढाइ पूरा गरे ।

सन् १९७७ मा उत्तर प्रदेशमा रामनरेश यादवको नेतृत्वमा जनता पार्टीको सरकार बनेपछि मुलायम सिंहलाई सहकारीमन्त्री बनाइएको थियो । त्यतिबेला उनको उमेर मात्र ३८ वर्ष थियो ।

चौधरी चरण सिंहले मुलायम सिंहलाई आफ्नो राजनीतिक उत्तराधिकारी र छोरा अजित सिंहलाई कानुनी उत्तराधिकारी भनेर सम्बोधन गर्थे।

तर, बुबा गम्भीर बिरामी भएपछि अजित सिंह अमेरिकाबाट भारत फर्किएपछि उनका समर्थकहरूले उनलाई पार्टी अध्यक्ष बन्न बाध्य पारे।

यसपछि मुलायम सिंह र अजित सिंहबीच प्रतिस्पर्धा बढ्यो । तर, मुलायम सिंहले उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने मौका पाए ।

५ डिसेम्बर १९८९ मा मुलायमले लखनउको केडी सिंह बाबु स्टेडियममा मुख्यमन्त्रीको सपथ लिए र आँसु झार्दै भने, “गरिब छोरालाई मुख्यमन्त्री बनाउने लोहियाको पुरानो सपना साकार भएको छ।”

सम्बन्धित् समाचार