गृहपृष्ठ Featured पाल्पामा ४७ जनाको मनोनयन दर्ता

पाल्पामा ४७ जनाको मनोनयन दर्ता

प्रकाशित मिति:

पाल्पा ।

पाल्पामा प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा क्षेत्रमा गरी ४७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभाको चार क्षेत्रमा भने २३ जनाको मात्र उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको छ । क्षेत्र २ मा राजनीतिक दल र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी परको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कमलराज विष्टका अनुसार क्षेत्र १ मा प्रतिनिधिसभातर्फ ६ दल र ४ स्वतन्त्रले मनोनयन दर्ता गरेका छन् । क्षेत्र २ मा ११ दल र तीन स्वतन्त्रको उम्मेदवार मनोनयन भएको छ ।

सम्बन्धित् समाचार