गृहपृष्ठ Featured कांग्रेसद्धारा कपिलवस्तु- २ ‘क’ को सम्पर्क कार्यालय स्थापना

कांग्रेसद्धारा कपिलवस्तु- २ ‘क’ को सम्पर्क कार्यालय स्थापना

कृष्ण यादव, महाराजगञ्ज संवाददाता

नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ को सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेर कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ को सम्पर्क कार्यालय जिल्लाको महाराजगंजमा स्थापना गरेको हो । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी उक्त कार्यालय स्थापना गरिएको हो ।

कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्य, प्रदेश सदस्य उम्मेदवार बिक्रम सिंह थापा लगायतको उपस्थितिमा उक्त कार्यालय उद्घाटन गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।

कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यले जित सुनिश्चित हुने गरि खटिन आह्वान गरे । उनले यस क्षेत्रको विकास र समृद्धिका लागी आफ्नो जित अपरिहार्य रहेको बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार