गृहपृष्ठ Featured अर्घाखाँचीमा ३ पदका लागि २९ उम्मेदवार

अर्घाखाँचीमा ३ पदका लागि २९ उम्मेदवार

प्रकाशित मिति:

सन्धिखर्क ।

अर्घाखाँचीमा एक प्रतिनिधि सभा र २ प्रदेश सभाको सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराए पनि महिला र दलित एक(एक जनाको मात्र उम्मेदवारी परेको छ।

प्रतिनधि सभाको सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुस्पा भुसाल गौतमको एक मात्र महिलाको उम्मेदवारी परेको छ। दलित तर्फ प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रको तर्फबाट ठाकुरकुमार बिकको मात्र उम्मेदवारी परेको छ।  प्रतिनिधि सभा १ क्षेत्र मात्र रहेको अर्घाखाँची जिल्लामा १२ जना, प्रदेश सभा (क) का लागि ८ जना र प्रदेश सभा (ख) का लागि ९ जनाले उम्मेदवारी दर्ता गरेको मुख्यनिर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले बताए।

राजनितिका दलहरुले महिला र दलितका लागि भनेर लोकप्रिय नारा,सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्ष तर्फ उम्मेदवार बनाउन सकेका छैनन्। नेपालको संविधानले महिला, दलित तथा अन्य क्षेत्रको लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिला र दलितको उम्मेदवारी धेरै न्युन रहेको छ।

अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसबाट पूर्व उपसभामुख पुस्पा भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। प्रतिनिधि सभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पाटीबाट दुर्गा बन्जाडे, नेपाल मजदुर किसान पाटीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पाटीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाल लगायत १२ जनाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत सुरेश भट्टराईले बताए।

प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार बिक, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राजमोबाट सागर केसी, राप्रपाबाट झबिन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायतले उम्मेद्वारी दर्ता गराएका छन्।

प्रदेश सभा  (ख)का लागि नेपाली कांग्रेसबाट नेपाली कांग्रेसका पूर्व पाटी सभापति सन्धिखर्क नगरपालिकाका सस्थापक नगरप्रमुख कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राजमोबाट जिवलाल पौडेल, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जिबी अर्याल लगायतले उम्मेद्वारी दर्ता गराएको सहायकनिर्वाचन अधिकृत महेश खनालले बताए।

सम्बन्धित् समाचार