गृहपृष्ठ Featured कपिलवस्तुमा गठबन्धन घटक दलभित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी !

कपिलवस्तुमा गठबन्धन घटक दलभित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी !

किरणमान बज्राचार्य, कपिलवस्तु ।

कपिलवस्तुमा दुवै गठबन्धन विरुद्ध आफनै घटकका दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेको नेतृत्वमा बनेको जिल्लामा दुवै गठबन्धन भित्रैकै घटक दलले नै उम्मेदवारी दिएका छन्।

एमाले र जसपासंग केन्द्रिय गठबन्धन बने पनि कपिलवस्तुमा त्यो ट्टेको पाइएको छ। यस्तै कांग्रेस, माओवादी केन्द्र , नेकपा एकीकृत समाजबादी, राष्ट्रिय जनमोर्चा बिच बनेको गठबन्धन समेत भत्किएको छ। सो गठबन्धन भित्रै कै घटक दलले समेत आफनो भागमा नपरेको क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रिय सहमती अनुसार कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को २ र ३ को ३ मा जसपाको भागमा र २ को २ मा एमालेको भागमा प्रदेश सदस्यको टिकट भागको परेको छ। ती स्थानमा एमाले र जसपा दुबै दलले आ आफनो उम्मेदवार उठाएका छन्।

क्षेत्र नम्बर १ को २ मा जसपाले कांग्रेसबाट प्रवेश गरेको मेवालाल यादवलाई उम्मेदवार बनाउदा एमालले मधुसुदनशरण चौहरीलाई उम्मेदवार बनाएको छ। उता निर्वाचन क्षेत्र नम्बर २ को २ मा एमालेले धरम बहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाउदा त्यही क्षेत्रबाट जसपाले अब्दुल रसिद खालाई उम्मेदवार बनाएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को २ मा जसपाले अशोक यादवलाई उम्मेदवार बनाउदा एमालेले सोही क्षेत्रबाट रजाउ मुसलमानलाई उम्मेदवार बनाएको छ।

जसपा नेता तथा क्षेत्र नम्बर २ को २ का प्रदेश सदस्यका उम्मेदवार अब्दुल रसिद खाले सहमति अनुसारको आफनो पार्टीले पाएको क्षेत्रमा एमालेले उम्मेदवार खडा गरेपछि आफुहरुले समेत उम्मेदवारी हालेको बताए। उता कांग्रेसको भागमा परेको कपिलवस्तु क्षेत्र नम्बर १ को २ मा नेकपा एसका नेता फजलुर रहमानले उम्मेदवारी दिएका छन्। यस अघि एमाले जसपा गठबन्धनको बिषय सँग अन्तुष्ट रहदै आएका लुम्बिनी प्रदेशका जसपा संसदिय दलका नेता समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादवले जसपा परित्याग गरी कांग्रेसबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्।

उनी नेपाली काँग्रेस पार्टीबाट कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन्। यस्तै माओबादी केन्द्रको भागमा परेको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को १ मा नेकपा एकीकृत समाजबादीका नेता जीवलाल पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

सो क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा मओबादी केन्द्रका एहसानअली खा उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति अब्दु्ल कलामले गठबन्धन कै घटक दल अन्र्गत नेकपा एकीकृत समाजबादीको तर्फबाट कोटामा नपरेको क्षेत्र कपिलवस्तु क्षेत्र नम्बर १ को २ र क्षेत्र नम्बर ३ को १ मा परेको उम्मेदवारीका बिषयमा जानकारी गराउने बताए। उता कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

सो क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओबादी केन्द्रका नेता चक्रपाणी खनालले उम्मेदवारी दिएका छन्। यस्तै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को १ बाट एमाले नेता रुपेश कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उता कपिलवस्तुका प्रतिनिधिसभाको ३ वटा क्षेत्र र प्रदेशसभाका ६ वटा गरी कुल नौ पदकालागि १ सय ४६ उम्मेदवारी दर्ता भएका छन्। प्रनिनिधिसभाको क्षेत्र नम्बर १ मा २२, १ को १ मा ९ र १ को २ मा १८ उम्मेदवारी दर्ता भएका छन्। यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा ११, २ को १ मा १३ र २ को २ मा ११ तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा १८ तथा क्षेत्र नम्बर ३ को १ मा १९ र ३ को २ मा २५ वटा उम्मेदवारी परेका छन्।

सम्बन्धित् समाचार