गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनको बैठक सम्पन्न

कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनको बैठक सम्पन्न

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । गठबन्धनलाई थप चलायमान गर्दै मतपरिणाम आफनो पक्षमा पार्नका लागी बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा बसेको गठबन्धनको बैठक सम्पन्न भएको हो ।

बैठकमा कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेव एमालेको प्रतिगमन शैलीका बिरुद्ध सबै एकैजुट भएर लाग्नु पर्ने बताएका छन । केपि ओलीको दम्भका कारण देशलाई अल्मल्याउने काम भएकाले देशलाई बिकासको गतिमा लैजान गठबन्धनलाई बिजयी गराउनु पर्ने बताएका छन ।

त्यस्तै नेपाली कांग्रेसका नेता अत्तहर कमाल मुसलमानले गठबन्धनको जित सुनिश्चित रहेको बताउदैँ पार्टीको निर्देशन मानेर सबै नेता तथा कार्यकता गठबन्धनलाई जिताउन लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ कांग्रेसबाट गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेले बिकासका गतिविधि बढाउन र भष्ट्रचारमुक्त देश बनाउन पनि गठबन्धनलाई जिताउनु पर्ने बताए ।

बैठकमा कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ का सभापति दुर्गा केसि, बाणगंगा नगर सभापति बिष्णु थापा, एकिकृत समाजवादीका नेता कमल भटराई, जनमोर्चाका नेता दधिराम आर्चाय लगायतले गठबन्धनलाई जिताउन लाग्न आग्रह समेत गरेका थिए ।

सम्बन्धित् समाचार