गृहपृष्ठ Featured गुल्मीमा झाँक्रीविरुद्ध बागी कांग्रेसी भुसालको उम्मेदवारी कायमै

गुल्मीमा झाँक्रीविरुद्ध बागी कांग्रेसी भुसालको उम्मेदवारी कायमै

प्रकाशित मिति:

गुल्मी ।

सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डा दामोदर भुसालको मनोनयन कायमै रहेको छ।

उम्मेदवारको मनोनयन फिर्ता लिने अवधिसम्म फिर्ता नलिएकाले भुसालको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गुल्मी क्षेत्र २ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डा दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले विजयको स्वाद नपाएकाले आफ्नो उम्मेदवारीले त्यो पूरा गर्ने भुसालले दाबी गरे।

गुल्मी जिल्लाको क्षेत्र २ मा अर्का स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली कांग्रेसबाट विद्रोह गरेर गुल्मी क्षेत्र को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले गठबन्धनका उम्मेदवारलाई सघाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए।

गुल्मी क्षेत्र २ मा प्रतिनिधिसभा र प्रदेशसभाका ३ जना निर्वाचित पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित् समाचार