गृहपृष्ठ Featured पीएसजीको जितमा नेइमारको गोल

पीएसजीको जितमा नेइमारको गोल

काठमाडौं ।

नेइमारले गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति फ्रेन्च लिग वानमा मार्सेलाई १–० ले हराएको छ ।

ब्राजिलका नेइमारले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल पीएसजीको जितमा निर्णायक बन्यो । ७२ औं मिनेटमा सामुयल जिगोटले रातो कार्डको सामना गरेपछि मार्से १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै पीएसजीले तीन खेलसम्मको जितविहीन यात्रालाई अन्त्य गरेको छ । पीएसजी च्याम्पियन्स लिगमा बेनिफिकाविरुद्धको दुई खेल र लिगमा रेम्सविरुद्ध बराबरीमा रोकिएको थियो ।

जितसँगै ११ खेलबाट २९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लोरिएन्टभन्दा ६ अंकले माथि हो । पराजित मार्से २३ अंकका साथ चौथो स्थानमा छ ।

सम्बन्धित् समाचार